Shrivasta

गृहपृष्ठ

श्रीवत्स चार जना बेल्जियन र एकजना नेपालीहरुको संयुक्त प्रयासमा खोलिएको संस्था हो जसले नेपालमा अध्ययनरत विद्यार्थीहरुको शिक्षाको लागि विविध शैक्षिक सामाग्री र आर्थिक सहयोग प्रदान गर्दछ।यसको मुख्य कार्य भने माध्यमिक शिक्षा सम्मन्न गरीसकेका टुहुरा बालबालिकाहरुलाई आर्थिक सहयता मार्फत उच्च शिक्षकालागी सहयोग पुर्याउनु हो।

क्याथ्रिन र बद्रीको नेपाल प्रतिको सामिप्यता र ममताको परिणामस्वरुप यस संस्थाले बिभिन्न रुपले बेल्जियम र नेपाललाई जोड्न सफल भएको छ। यदि तपाईहरु पनि यस अभियानमा सहभागी हुन चाहनुहुन्छ भने अवश्य सहभागी हुन सक्नुहुन्छ।

                         Make a gift : 001-6312134-32
                      Account number of Shrivasta

BIC   : GEBABEBB
IBAN : BE90 001 6312134 32

                   Follow us on  


   Subscribe to our mailing list 

 

«श्रीवत्स » एक अर्कासँग जेलिएको एक बौद्ध संकेत हो जसले एक ईकाईसँग अर्को ंईकाई अत्यन्त घनिष्ट रुपले सम्बन्धित भएको अन्तरसंबन्धको प्रतिनिधित्व गर्दछ।

यो संकेत हामीले गर्न खोजेको कार्यसँग सम्बन्धित रहेको मात्र होईन, यस गैर सरकारी संस्थाले नेपाल र बेल्जियमबिच रहेको लामो अन्तरसम्बन्धको बिच एक पुलको काम गर्नेछ। जुन किसिमको कार्यक्रम हामीले अगाडी बढाउन खोजिरहेका छौ, त्यो अति शुक्ष्म नै किन नहोस् , यसले फक्रनै लागेका फूलहरुको भविष्यमा एउटा सकारात्मक प्रभाव पार्ने हामीले विश्वास लिएका छौं।

तपाईँको भावना र विश्वासले यस संस्थाको कार्यमा केही विविधता ल्याउन सक्दछ।अत संसारको अर्को कुनामा रहेका लगनशील विद्यार्थीहरुको जीवनमा परिवर्तन ल्याउन सक्दछ।